लक्ष्मी इन्टरकन्टिनेन्टलले सुरु गर्‍यो हटलाइन सेवा, हुण्डाइ गाडीका ग्राहकलाई आपतकालिन सेवा

बिजमाण्डू
२०७८ बैशाख १७ गते १६:२२ | Apr 30, 2021
लक्ष्मी इन्टरकन्टिनेन्टलले सुरु गर्‍यो हटलाइन सेवा,  हुण्डाइ गाडीका ग्राहकलाई आपतकालिन सेवा

Tata
GBIME
Nepal Life

काठमाडौं। हुण्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हटलाइन सेवा सुरु गरेको छ। कोभिडबाट उत्पन्न विषम परिस्थितीमा हुण्डाइ गाडीका ग्राहकलाई आपतकालिन सेवा दिन हटलाइन सुरु गरेको कम्पनीले जनाएको छ।

‘हामी ग्राहकप्रति सदैव समर्पित छौं। ग्राहकलाई पर्ने कठिन परिस्थितीलाई ध्यान दिएर यो सेवा सुरु गरेका हौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

काठमाडौं उपत्यकामा ९८०१२०१५२० र ९८०१२३९२६०मा फोन गरेर आफ्नो समस्याका बारेमा जानकारी गराउन सक्ने कम्पनीले जनाएको छ।