सनराइज बैंकले समता शैक्षिक गुठीलाई तीन लाख रुपैयाँ सहयोग गर्‍यो




काठमाडौं। सनराइज बैंकले समता शैक्षिक गुठीलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले गुठी अन्तर्गत ६ वटा प्रदेशमा रहेका विद्यालयलाई ५० हजारका दरले सहयोग गरेको हो।

सो रकम तोकिएको विद्यालयको संचालन खर्च गर्न सक्ने बैंकले जनाएको छ। बैंककी नायब प्रमुख कार्यकारी अधिकृत आरती राणाले गुठीका निर्देशक दीपक संजेललाई चेक हस्तान्तरण गरिन्। उनले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरिन्।

TATA
Safety
TVS

कार्यक्रममा संजेलले शिक्षा क्षेत्रमा कार्य गर्दै आएको गुठीलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए। गुठीले ७७ वटा जिल्लामा ८० विद्यालय संचालन गरेर सात हजार भन्दा बढी विद्यार्थीलाई अध्यापन गराइरहेको छ। यो स्कुलको मासिक शुल्क सय रुपैयाँ मात्रै छ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell