निषेधाज्ञामा मालपोत: घर जग्गा किनबेच नहुने, आन्तरिक कामका लागि खुला हुने

बिजमाण्डू
२०७८ बैशाख १५ गते १५:३७ | Apr 28, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं।  निषेधाज्ञा जारी भएका जिल्लाका मालपोत कार्यालयहरु खुलेपनि घर जग्गाको कारोबार नहुने भएको छ।

भुमि व्यवस्था तथा अभिलेख विभागले मालपोत कार्यालयहरुलाइ निषेधाज्ञा भएका जिल्लाहरुमा मालपोत कार्यालयहरुबनाट प्रवाह  हुने सबै प्रकारका  सेवा बन्द गर्न निर्देशन दिएको छ। तर सेवा प्रवाह बन्द भएका कार्यालयहरुमा आलोपालो मिलाएर आन्तरिक तथा व्यवस्थापकीय कार्यहरु गर्न भनेको छ।


पत्रमा निषेधाज्ञा जारी नभएका जिल्लाका कार्यालयहरुमा कोभिड संक्रमण जोखिमको अवस्था हेरेर स्थानीय प्रशासनसँग समन्वय गरि सेवालाई व्यवस्थापन गर्न भनिएको छ। सरकारले भोली (बिहीबार) बाट १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।