निषेधाज्ञाअघि सूचक र कारोबार रकम दुवै घट्यो, १३ अंकले घटेको बजारमा चार अर्बको मात्रै किनबेच

बिजमाण्डू
२०७८ बैशाख १५ गते १५:३४ | Apr 28, 2021
निषेधाज्ञाअघि सूचक र कारोबार रकम दुवै घट्यो, १३ अंकले घटेको बजारमा चार अर्बको मात्रै किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। बुधबार सेयर बजारमा १३ अंकको करेक्सन आएको छ। मंगलबार एकै दिन करिब १०० अं‌क बढेको बजारमा बुधबार सामान्य करेक्सन भएको हो।

विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य बुधबार पनि करिब १० प्रतिशतले बढेको छ। यो सहित बजारमा जम्मा ३५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ।

पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रैराङ हाइड्रोपावर र सिन्धु विकास बैंकको सेयर मूल्‍य ४/६ प्रतिशतसम्म घटेको छ। यो सहित १४१ भन्दा धेरै कम्पनीको सेयर मूल्य घटेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सर्वाधिक २८ करोड रुपैयाँको सेयर किनबेच हुँदा माथिल्लो तामाकोशीको करिब १७ करोड, एचआइडीसीएलको १४ करोड, पुनर्बीमा कम्पनीको १२ करोड र निफ्राको ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

व्यापार, उत्पादन र अन्य समूहको सूचक हरियो भएपनि अरु सबै उपसमूहको सूचक रातो भएको छ। जीवन बीमा समूह १५० अंकले घट्दा निर्जीन बीमा समूह पनि १०४ अंकले घटेको छ।

२१५ कम्पनीको ९० लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार संख्या पनि ४६ हजार मात्रै रहेको छ।