सिटिजन्स बैंकको १४ वर्षे यात्रा, डेढ अर्ब निक्षेप १ खर्ब १४ अर्ब पुग्यो, ग्राहक पुगे १० लाख

बिजमाण्डू
२०७८ बैशाख ७ गते १८:३५ | Apr 20, 2021
सिटिजन्स बैंकको १४ वर्षे यात्रा, डेढ अर्ब निक्षेप १ खर्ब १४ अर्ब पुग्यो, ग्राहक पुगे १० लाख

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल १५औं वर्षमा प्रवेश गरेको छ। डेढ दशकको अवधिमा बैंकले ठूलो छलाङ मारेको छ। स्थापना भएको वर्ष १ अर्ब ५५ करोड निक्षेप संकलन गरेको बैंकले २०७७/०७८को चैत सम्म १ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ।

१४ वर्ष अघि कर्जा २ अर्ब ४ करोड रुपैयाँ रहेकोमा  अहिले १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। १४ वर्ष अघि ५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट बैंक स्थापना भएको थियो।बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर १ अर्ब भन्दा माथि रहँदै आएको छ।

गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब १ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ। स्थापनाको पहिलो वर्ष ९ वटा शाखा रहेको बैंकले सातै प्रदेशमा १६७ वटा शाखामार्फत १० लाख ग्राहकलाई सेवा दिएको छ। बैंक संचालन हुँदा ४४ जना कर्मचारी रहेकोमा अहिले १ हजार ६ सय पुगेका छन्।