लक्ष्मी बैंकले नयाँ वर्षको योजना ल्यायो, अरेन्ज सेभिङ्स प्लस खातामा वार्षिक ४.५% ब्याज दिने

बिजमाण्डू
२०७८ बैशाख ६ गते १६:०२ | Apr 19, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंकले नयाँ वर्षको योजनाका रुपमा अरेन्ज सेभिङ्स प्लस खातामा वार्षिक ४.५ प्रतिशत ब्जाजका साथै बिभिन्न सुविधाहरु दिएको छ ।

अरेन्ज सेभिङ्स प्लस खाता भएका ग्राहकले बार्षिक १ लाख सम्मको स्वास्थ्य बीमा र दश लाख सम्मको दुर्घटना मृत्यु वा अक्षमता बीमा सुविधा पाउन सक्ने बैंकले जनाएको छ।

यस्तै बैकले डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निशुल्क जारी गर्नुका साथै देशभरका कुनै पनि एटिएम प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गर्ने बताएको छ।

नयाँ वर्षको अफर अन्तर्गत बैशाख महिनाभर अरेन्ज सेभिङ्स प्लस खाता खोल्नेहरुलाई बैंकको प्रिपेड डलर कार्ड निशुल्क दिने पनि जारी बिज्ञप्तीमा जनाइएको छ।

बैंकले कर्मचारीहरुका लागि ल्याइएको विशेष खाता शुभश्री लक्ष्मी बचत खातामा पनि ४.५ प्रतिशत नै ब्याजदर दिनुका साथै अन्य बिभिन्न सुविधा दिने समेत जानकारी दिएको छ।