हुलास स्टिलले ८ इन्चसम्मको ट्युब मिल उत्पादन सुरु, बिजुलीका पोल भारत र भुटान निकासी

बिजमाण्डू
२०७८ बैशाख ६ गते १५:०० | Apr 19, 2021
हुलास स्टिलले ८ इन्चसम्मको ट्युब मिल उत्पादन सुरु, बिजुलीका पोल भारत र भुटान निकासी

Tata
GBIME
Nepal Life

काठमाडौं। दिवाकर गोल्छा कर्प अन्तर्गतको हुलास स्टिलले ८ इन्च सम्मको ट्युबमिलको उत्पादन सुरु गरेको छ। उद्योगको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टमा यो उत्पादन भएको कम्पनीले जनाएको छ।

कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युबमिल सन् १९९९ मा सुरु गरेको थियो। यो दुबै उत्पादन गर्ने हुलास पहिलो कम्पनी हो।

गाल्भानाइज्ड पाइपका हिप्को ब्राण्डका कालो पाइप उत्पादन गर्दै आएको यो उद्योगले बिजुली तथा टेलिफोनको पोलहरु समेत उत्पादन गरेको छ। यो पोल नेपालका साथै भारत र भुटानमा समेत निकासी भइरहेको कम्पनीको दाबी छ।