१८ करोड रुपैयाँ घाटा भएपछि चन्द्रागिरिको सेयर मूल्य ओरालो, जगेडा कोष ३२ करोड ऋणात्मक

बिजमाण्डू
२०७८ बैशाख ६ गते १३:५८ | Apr 19, 2021
१८ करोड रुपैयाँ घाटा भएपछि चन्द्रागिरिको सेयर मूल्य ओरालो, जगेडा कोष ३२ करोड ऋणात्मक

Tata
GBIME
Nepal Life

काठमाडौं। १८ करोड रुपैयाँभन्दा बढी नोँक्सानीमा गएपछि चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य ओरालो लागेको छ। सूचीकृत भएदेखि निरन्तर बढेको (छिटपुट घट्ने बाहेक) कम्पनीको सेयर मूल्य सोमबार उच्च दरले ओरालो लागेको हो।

कम्पनीले सोमबार चालु वर्षको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेपछि मूल्य झर्न थालेको हो। कम्पनीको घाटा निरन्तर रूपमा फराकिलो बन्दै गएको छ।

अघिल्लो वर्षको चैतमा २ करोड १८ लाख घाटामा भएको कम्पनी गत पुसमा १६ करोड ५४ लाख रुपैयाँ थियो। यसपाली चैतमा १८ करोड ११ लाख रुपेयाँ घाटामा छ। यही कारण सेयर भाउ २ सय रुपैयाँभन्दा बढीले घटेको छ।

एक अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ३२ करोडले ऋणात्मक छ। कम्पनीसँग २ अर्ब ४४ करोड रुपैयाँ बैंक ऋण छ। तीन अर्ब ३७ करोड रुपैयाँ सम्पत्ति छ। अहिले कम्पनीको सेयर मूल्य २२ सय रुपैयाँभन्दा तल आइसकेको छ।