नेपाल-कुवेत उद्योग वाणिज्य संघमा सुरेन्द्रवीर मालाकार, दुई देशको व्यापार सहजीकरण गर्ने

बिजमाण्डू
२०७८ बैशाख ५ गते १८:०७ | Apr 18, 2021
नेपाल-कुवेत उद्योग वाणिज्य संघमा सुरेन्द्रवीर मालाकार, दुई देशको व्यापार सहजीकरण गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल-कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार सर्वसम्मत चयन भएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ, उपाध्यक्षहरुमा मीनबहादुर गुरुङ, सुकुन्तलाल हिराचन र कुशप्रसाद मल्ली चयन भएका छन्।

संघको महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ र सह कोषाध्यक्षमा रज्जु तण्डुकार चयन भएका छन्। संघको सदस्यहरुमा उर्मिला श्रेष्ठ, नारायणदेव राणा र रमेश महर्जन चयन भएका छन्।

यो संघ २०६८ सालमा स्थापित भएको हो। अध्यक्ष मालाकारले संघमार्फत नेपाल र कुवेतबीचको व्यापारिक र पर्यटन विकासलाई बढावा दिने बताए। उनले दुवै देशको आयात निर्यातमा संघले सहजीकरणको भूमिका खेल्ने बताए।