एफएनसीसीआई अनुशासन समितिको सभापतिमा रविभक्त श्रेष्ठ, उपसभापतिमा कुशकुमार जोशी

बिजमाण्डू
२०७८ बैशाख ५ गते १०:३६ | Apr 18, 2021
एफएनसीसीआई अनुशासन समितिको सभापतिमा रविभक्त श्रेष्ठ, उपसभापतिमा कुशकुमार जोशी

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको अनुशासन समिति गठन भएको छ। महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरिएको हो।

महासंघको विधानको दफा३८(क)अनुसार समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।अनुशासन समितिको उपसभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी राखिएको छ। त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन्।

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान रहेको महासंघले जनाएको छ।