माथिल्लो मोदी र मोदी 'ए' जलविद्युत आयोजनाले कास्कीको अन्नपूर्णमा जग्गा अधिग्रहण गर्दै




काठमाडौं। माथिल्लो मोदी ए जलविद्युत आयोजना (४२ मेगावाट) ले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ।

आयोजनाले प्रवेशमार्ग निर्माण, सर्ज ट्यांक, अडिट , हेडवर्क्स , मक एरिया लगायतका संरचना  निर्माणका लागि जग्गा अधिग्रहण अघि बढाएको हो। 

TATA
Safety
TVS

शनिबार जिल्ला प्रशासन कार्यालय कास्कीले जग्गा अधिग्रहणका लागि सार्वजनिक सूचना निकालेको छ। कास्कीको साबिक घान्द्रुक गाविस-१ र ३ हालको अन्नपूर्ण गाउँपालिका-१० स्थित घान्द्रुक गाउँ आसपासको जग्गा अधिग्रहण गर्न लागिएको हो।


साथै  सोही आयोजनाको क्यास्केड आयोजनाको रुपमा निर्माण माथिल्लो मोदी जलविद्युत आयोजना (१८.२ मेगावाट)  ले सर्ज ट्यांक, अडिट, हेडवर्क्स , पावर हाउस,एक्सेस रोड, क्वारी तथा मक एरिया निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागेको हो। साबिकको  दाङसिङ गाविस-१ र ५ हालको अन्नपूर्ण गाउँपालिका-८ स्थित दाङसिङ गाउँ आसपास पर्ने निजी जग्गाहरु अधिग्रहण गर्न लागिएको सूचनामा उल्लेख छ।

जग्गा प्राप्ति ऐन  २०३४ को दफा ९ को उपदफा १ को प्रयोजनार्थ जग्गा अधिग्रहण गर्न लागिएको जनाइएको छ।


सोही ऐनको दफा १० बमोजिम सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सरोकारवाला व्यक्तीहरुले  घरटहरा, रुखविरुवा, बालीनाली भए सो समेतको क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धी सबुत निस्साको प्रमाणसहित निवेदन दिन आग्रह गरिएको छ। तोकिएको मिति भित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम अघि बढ्ने तथा पछि कुनै उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख छ। १७ जना व्यक्तिको करिब ९० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ।

दुवै आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवर्द्धित तथा निर्माणाधीन छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell