कोभिडले आर्थिक संकटमा विमान कम्पनी, रोमानियाको टारोम एयरलाइन्सले १४ वटा जहाज बिक्री गर्दै

बिजमाण्डू
२०७८ बैशाख ३ गते १०:४५ | Apr 16, 2021
कोभिडले आर्थिक संकटमा विमान कम्पनी, रोमानियाको टारोम एयरलाइन्सले १४ वटा जहाज बिक्री गर्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। एक वर्ष यता आर्थिक संकटले गाँजिएपछि रोमानियाँको ध्वजावाहक कम्पनी टारोम एयरलाइन्सले ५० प्रतिशत जहाज बिक्रीमा राखेको छ।

आफूसँग भएका २९ जहाजमध्ये १४ वटा बिक्रीमा राखेको कम्पनीले जनाएको छ। कम्पनीले चारवटा एयरबस ३१८ एस, चार बोइङ ७२७-७०० एस, चार बोइङ ७३७-३०० एस र सातवटा एटीआर ४२-५०० सिरिजका जहाज बिक्रीमा राखेको छ।

कम्पनीले अब जम्मा चार ७३७-८०० एस र चारवटा एटीआर ७२-६०० एस सिरिजका जहाज मात्र चलाउने योजना बनाएको छ। कम्पनीले सन् २०१८ मा अर्डर गरेको पाँचवटा बोइङ ७३७ म्याक्स ८ एस सिरिजका जहाज आउँदो सन् २०२३ मा डेलिभरी हुने जनाएको छ। जनशक्ति कटौती गर्ने उद्देश्यले कम्पनीले आफूसँग भएको जहाज संख्या घटाउने रणनीति लिएको जनाइएको छ।