नक्कली भ्याट बिल प्रयोग गर्ने दुई कम्पनीविरुद्ध मुद्दा, ३० करोड २८ लाख रुपैयाँ माग दाबी

बिजमाण्डू
२०७८ बैशाख २ गते २०:४४ | Apr 15, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। राजस्व अनुसन्धान विभागले दुई कम्पनीविरुद्ध ३० करोड २८ लाखको माग दाबी गर्दै मुद्दा दायर गरेको छ। 

विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)  बिजक प्रयोग गर्ने कम्पनीविरुद्ध अस्थायी इजलास वीरगंज र उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। नक्कली बिजक जारी गर्ने न्यु राहुल मोबाइल सेन्टरविरुद्ध १२ करोड ३५ लाख मागदाबी गरिएको छ। 

यस्तै ब्याहुत ट्रेडर्स वीरगंजका प्रोप्राइटर अनिलकुमार कलवारबाट १७ करोड ९२ लाख मागदाबीसहित मुद्दा दायर गरिएको छ। यो कम्पनीले मालवस्तु खरिदको विवरण लुकाइछिपाइ बिक्री गर्दा समेत बिजक जारी नगरेको भेटिएको छ भने कानुन विपरीत छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोबार गरेको विभागको अनुसन्धानमा खुल्न आएको छ।

यी कम्पनीविरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ।