रेस्टुरेन्ट, मल ७ बजेपछि बन्द गर्न सरकारको अपिल: काठमाडौंसहित ८ जिल्ला अति प्रभावित

बिजमाण्डू
२०७८ बैशाख २ गते १६:५० | Apr 15, 2021
रेस्टुरेन्ट, मल ७ बजेपछि बन्द गर्न सरकारको अपिल: काठमाडौंसहित ८ जिल्ला अति प्रभावित

Tata
GBIME
Nepal Life

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको भिडभाड हुने सार्वजनिक स्थानहरूमा बेलुका ७ बजेपछि सहभागी नहुन अनुरोध गरेको छ।

बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको हो। जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा साँझ ७ बजेपछि सहभागी नहुन अनुरोध गरिएको हो।

मन्त्रालयले कोभिड-१९ कारण अति प्रभावित भएका काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा भीडभाड भएकाले सुरक्षा अपनाउन अनुरोध गरेको हो।

देशभर कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले यसअघि चैत २५ रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको थियो।

मन्त्रालयले यसअघि ठूला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ। घरबाहिर जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न निर्देशनसमेत दिइएको छ।

पछिल्लो २४ घण्टामा देशभर संक्रमित हुनेको संख्या दैनिक ४ सय नाघेको छ। छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या ह्वातै बढेका कारण पनि देशभर थप सुरक्षा व्यवस्था अपनाइएको छ। भारतमा एकै दिन २ लाखसम्म मानिस संक्रमित हुने गरेका छन्।

त्यस्तै मन्त्रालयले नेपाल आएर होटलमा बस्ने विदेशीको हकमा पीसीआर परीक्षण गरेर नेगेटिभ आएको खण्डमा मात्र होटेलमा बस्न दिन अनुरोध गरेको छ।