११.८% को ऋणको ब्याज ८.७३% मा झर्‍यो, ४८ हजार ८३१ जनाले लगे सस्तो ब्याजको पुनर्कर्जा

बिजमाण्डू
२०७७ चैत्र ३० गते १८:०६ | Apr 12, 2021
११.८% को ऋणको ब्याज ८.७३% मा झर्‍यो, ४८ हजार ८३१ जनाले लगे सस्तो ब्याजको पुनर्कर्जा

Tata
GBIME
Nepal Life

काठमाडौं। एक वर्षमा बैंकहरुको आधार दर २.६१ प्रतिशत बिन्दुले घटेको छ। नेपाल राष्ट्र बैंकले सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको फागुनमा ९.४५ प्रतिशत रहेको आधार ब्याज दर यसपाली ६.८४ प्रतिशत कायम भएको जनाएको छ।

निक्षेपको औसत ब्याज दर ६.७७ प्रतिशतबाट ४.७६ प्रतिशतमा आएको छ। ऋणको पनि ११.८ प्रतिशतबाट ८.७३ प्रतिशतमा झरेको छ।

राष्ट्र बैंकका अनुसार फागुनसम्म ४८ हजार ८३१ जनाले पुनर्कर्जा लिएका छन्। यसमध्ये ग्राहाक मूल्यांकनका आधारमा २८१ जनाले लगेका छन्। कुल एक खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुनर्कर्जाको प्रयोग भएको छ।

बैंक तथा वित्तीय संस्थाहरुले एकमुष्ट प्रदान गरिने पुनर्कर्जा ४८ हजार ५५० जनाले चलाएका छन्। यो ९२ अर्ब ३८ करोड रुपैयाँ हो। लघुवित्तमार्फत १० अर्ब २३ करोड पुनर्कर्जा परिचालन भएको छ।  पुनर्कर्जाको ब्याज बढीमा ५ प्रतिशत छ।