सिटिजन्स बैंकका ग्राहकलाई किङ्ग्स लाउञ्जमा विशेष छुट, ‘युएसडी ई-कम’ डलर कार्ड पनि आयो

बिजमाण्डू
२०७७ चैत्र ३० गते १५:५० | Apr 12, 2021

Tata
GBIME
Nepal Life

 

काठमाडौं। सिटिजन्स बैंकका कार्डबाहकले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा छुट पाउने भएका छन्।

बैंक र किङ्ग्स लाउञ्जबीच मएको समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरूले विशेष छुट पाउने भएका हुन्।

बैंकको कार्ड नभएकाग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको जनाएको छ ।

बैंकले हालैमात्र 'युएसडी ई-कम' भुक्तानी कार्डको पनि सुरुवात गरेको जनाएको छ।

बैंकका अनुसार ग्राहकहरुले आफ्नो खातामा नेपाली रुपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम विदेशी मुद्रामा अनलाईन मार्फत वस्तु तथा सेवाखरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना  एकसय ६७ वटा शाखा,  एकसय १३ वटा ए.टि.एम. र एकसय ७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट आधुनिक बैंकिङ सेवा दिँदै आएको जारी विज्ञप्तीमा उल्लेख छ ।