सफाइकर्मीहरुलाई क्रिएसन र कोकाकोलाको सुरक्षासम्बन्धी प्रशिक्षण र स्वास्थ्य परीक्षण

बिजमाण्डू
२०७७ चैत्र ३० गते १७:२२ | Apr 12, 2021
सफाइकर्मीहरुलाई क्रिएसन र कोकाकोलाको सुरक्षासम्बन्धी प्रशिक्षण र स्वास्थ्य परीक्षण

Tata
GBIME
Nepal Life

काठमाडौं। विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा क्रिएसन, कोका–कोला फाउन्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले संयुक्त रुपमा सफाइकर्मीहरुका लाागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर आयोजना गरेका छन्। 

उक्त कार्यक्रममा सहभागी सफाइकर्मीहरुलाई कामका बखत र काम सकिएपछि अपनाउनुपर्ने सुरक्षा उपाय, सुरक्षा गियरको प्रयोग, साइटमा हुनसक्ने सम्भावित दुर्घटनाहरुको रोकथामका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएको आयोजकले जनाएका छन्। आगलागी नियन्त्रणसम्बन्धी उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोगसम्बन्धी प्रशिक्षण पनि समावेश गरिएको बताइएको छ। 

उक्त अवसरमा सफाइकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्रीहरु जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु हस्तान्तरण गरिएको छ। 

त्यसैगरी, सफाइकर्मीहरुलाई डा. अनुजराज कँडेलको नेतृत्वमा सञ्चालित स्वास्थ्य शिविरमा आवश्यक परीक्षण गरिएको बताइएको छ। उनीहरुमा रहेका विभिन्न स्वास्थ्य समस्याका बारेमा आवश्यक चेकजाँच र परामर्श दिइएको आयोजकको भनाइ छ। 

'वेस्ट वर्करहरुको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको जीविकासँगै हाम्रो वातावरण र समाजलाई जोखिममा पारिरहेको छ। हामी उनीहरुलाई सुरक्षसम्बन्धि प्रशिक्षण र स्वास्थ्य शिविरको माध्यमबाट सहयोग पुर्याउँदै आएका छौं,' कार्यक्रममा बोल्दै क्रियसनका अध्यक्ष आनन्द मिश्राले भने। 

यस्तै, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले फोहोर र रिसाइकलिङ उद्योगमा काम गर्नेहरु व्यवसायिक स्वास्थ्य जोखिममा रहने बताए।