२७ सय अंक नजिक पुग्यो सेयर बजार, साढे सात अर्ब बढीको किनबेच, बैंकिङले उचाल्यो सूचक

बिजमाण्डू
२०७७ चैत्र ३० गते १५:१४ | Apr 12, 2021
२७ सय अंक नजिक पुग्यो सेयर बजार, साढे सात अर्ब बढीको किनबेच, बैंकिङले उचाल्यो सूचक


काठमाडौं। सेयर बजार उच्चतम अंक २६९४ अंकसम्म पुगेर फर्किएको छ। २६७४ अंकसम्म झरेको बजार अन्तत: १७.२० अंकको बढोत्तरीसँगै २६९१.५५ अंकमा बन्द भएको छ।

Tata
GBIME
Nepal Life

२१६ कम्पनीको कारोबार भएको छ। सात अर्ब ६१ करोडको कुल कारोबारमा एउटै कम्पनीको अधिकतम २५ करोडसम्म किनबेच भएको छ। 

एनआइसी एसिया बैंक २५ करोड, नबिल २४ करोड ४२ लाख, निफ्रा २२ करोड, नेपाल बैंक २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।

एनआइसी एसिया लघुवित्त र महिला लघुवित्तको सेयरमा बढेर सर्किट लागेको छ। अरु तीन कम्पनीको सेयर करिब १० प्रतिशत हाराहारी बढेको छ। 

१३ वटा उपसमूहमध्ये ६ वटा रातो भएको छ। सोमबारको बजारलाई वाणिज्य बैंक समूहले उचालेको हो। यसबाहेक जीवन बीमा, निर्जीवन बीमा, विकास बैंकले बढाएको हो। जलविद्युत, अन्य र इन्भेष्टमेन्ट सूचक रातो भएका छन्।