गुगलले जुनदेखि अनलाइन सपिङसम्बन्धी आफ्नो मोबाइल एप बन्द गर्दै, वेब भर्सन भने चल्ने

बिजमाण्डू
२०७७ चैत्र ३० गते १४:५७ | Apr 12, 2021
गुगलले जुनदेखि अनलाइन सपिङसम्बन्धी आफ्नो मोबाइल एप बन्द गर्दै, वेब भर्सन भने चल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। गुगलले आफ्नो मोबाइल सपिङ एप बन्द गर्ने भएको छ। आगामी जुनदेखि गुगलले एप्पल र एन्ड्रोइड दुवै भर्सनका इ-कमर्स एपहरु बन्द गर्ने जनाएको छ। मोबाइल एप बन्द भए पनि वेब भर्सन भने गुगलले सञ्चालनमै रहने जनाएको छ। 

'आगामी केही साता भित्र हामी आफ्नो इ-कमर्सको मोबाइल एप बन्द गर्दैछौं। उपभोक्ताहरुले वेब भर्सनबाट प्रयोग गर्न सक्नेछन्,' गुगलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   

गुगलको सपिङ प्लाटफर्ममा विश्वका हजारौं अनलाइन स्टोर्सका सामाग्रीहरु प्रयोगकर्ताहरुले आफ्नो गुगल खाताबाटै खरिद गर्न सक्छन्।  

गुगलले आफ्नो इ-कमर्स प्लाटफर्मको सर्च, इमेज सर्च र युट्युबमा बढी विस्तार गर्दै लगेको छ। जसका कारण गुगलले मोबाइल एप बन्द गरी यी क्षेत्रमा आफ्नो लगानी र ध्यान वृद्धि गर्ने जनाएको छ।