मर्मतपछि सोमबारदेखि मनकामना केवलकार संचालनमा आउँदै, स्तरोन्नतिको काम दुई वर्ष चल्ने

बिजमाण्डू
२०७७ चैत्र २९ गते ११:३५ | Apr 11, 2021
मर्मतपछि सोमबारदेखि मनकामना केवलकार संचालनमा आउँदै, स्तरोन्नतिको काम दुई वर्ष चल्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। मर्मत सम्भारपछि सोमबारपछि मनकामना केवलकार संचालनमा आउने भएको छ। २३ वर्ष पूरा भएको यो केवलकार तीन चरणमा स्तरोन्नति हुँदैछ।

केवलकार स्तरोन्नतिको पहिलो चरणमध्येको बुल ह्विल वियरिङ नयाँ फेर्न ६ दिन बन्दको निर्णय भएको थियो। तर एक दिन अगावै केवलकार मर्मत गरेर संचालनमा आउन लागेको हो। पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपूर्जाहरु फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधि मैत्री बनाउन पूर्वाधार तयार तथा केही पार्टपूर्जा फेर्ने र अन्तिम चरणमा एनालगबाट डिजिटलमा स्तरोन्नति गरिने कम्पनीले जनाएको छ। यो बाहेक केवलकार चल्ने मुख्य लठ्ठा पनि फेरिनेछ।

कम्युनिकेसन केवललाई सेट्रा केवल र डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरिने छ। दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केवलकार संचालन हुनेछ।