पाँचतारे होटलले ल्याए नयाँ वर्ष लक्षित धमाकेदार योजना, पाँच हजारमै दुई दिनको प्याकेज





काठमाडौं। काठमाडौंमा संचालित पाँचतारे होटलले नयाँ वर्ष २०७८ लक्षित धमाकेदार योजना सार्वजनिक गरेका छन्।

यसो त विदेशी पर्यटकको आवगमन नभएको अवस्थामा काठमाडौंका अधिकांश प्रिमीयम होटलले केही महिनायता आन्तरिक पर्यटक लक्षित आकर्षक योजना सार्वजनिक गर्दै आएका छन्। 

तत्काल विदेशी पर्यटक आउने सम्भावना न्यून देखिएपछि ठूला होटल उद्योगले व्यवसाय टिकाउने उद्देश्यले आन्तरिक पर्यटक लक्षित आकर्षक योजना सार्वजनिक गर्दै आएको जनाएका छन्। 

TATA
Safety
TVS

सामान्यतया अवस्थामा पर्यटकीय सिजन मानिने मार्च-अप्रिलमा ठूला होटल विदेशी पर्यटकले भरिएका हुन्थे। विदेशी पर्यटकमै निर्भर हुँदै आएका ठूला होटल उद्योगले आफ्नो व्यवसायीक अवधारणा नै परिवर्तन गरेर अगाडि बढेका छन्। 
                       
ताहाचलको होटल सोल्टीले नयाँ वर्ष लक्षित गाला बुफेट, स्न्याक्स, पेय पदार्थ, उपहार, डिजेसहितको योजना सार्वजनिक गरेको छ। होटलले रेगुलर प्याकेज अन्तर्गत चार हजार रुपैयाँमा खानपिनसँगै अनलिमिटेड सफ्ट ड्रिंक्स योजना सार्वजनिक गरेको छ। यसैगरी प्रिमियम प्याकेज  अन्तर्गत सात हजार रुपैयाँमा खानपिनसहित अनलिमिटेड प्रिमियम बेभरेजेजको व्यवस्था गरेको जनाएको छ।

होटलका अनुसार यो योजना अन्तर्गत ८-१२ वर्ष उमेरका ग्राहकलाई दुई हजार रुपैयाँमा खानपिनको व्यवस्था गरिएको छ भने सात वर्ष उमेर मुनिका ग्राहकलाई डाइनिङको निःशुल्क व्यवस्थ गरिएको छ। न्यू इयर इभलाई मध्यनजर गर्दै होटलले प्रति जोडीका लागि पाँच हजार रुपैयाँमै अकोमोडेसन र ब्रेकफास्टसहितको प्याकेज ल्याएको छ। 

यसैगरी ठमेलस्थित अलोफ्ट काठमाडौंले वेलकम ड्रिंक्स, बफेट ब्रेकफास्ट, न्यु इयर इभ डिनर सहितको बसाइका लागि न्युनतम १० हजारदेखि १२ हजार ६ सय रुपैयाँसम्मको योजना सार्वजनिक गरेको छ। होटलले सिंगल अकुपेन्सीका लागि १० हजार रुपैयाँ र डबल अकुपेन्सीका लागि १२ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण गरेको जनाएको छ।


नयाँ वर्षका दिनको लागि भने होटलले दुई हजार ७८ रुपैयाँमै ल्याभिस बुफेट ब्रन्च र वेलकम ड्रिंक्स सहितको प्याकेज सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ६ वर्ष मुनिका ग्राहकलाई निःशुल्क सेवा दिइने छ भने ६-१२ वर्षसम्म उमेरका ग्राहकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको होटलले जनाएको छ। होटल अन्तर्गत नुक रेष्टुरेण्टमा आयोजना हुने यो इभेन्टमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सहभागी हुन सकिने होटलले जनाएको छ। 

न्यू इयर इभलाई मध्यनजर गर्दै नक्सालस्थित काठमाडौं मेरियोट होटेलले ताहिना रेष्टुरेण्टमा मध्यपूर्वीय परिकारको सेवा सुरु गर्ने भएको छ। यो  दिन ग्राहकले ओमानबाट आएका गेस्ट सेफ रावि यान्टानीले तयार गरेको विशेष मेनु सेटको स्वाद लिन सक्नेछन्। साँझ ६:३० बजेदेखि राती १०:३० बजेसम्म आयोजना हुने इभेन्टमा ग्राहक मनोरञ्जनका लागि लाइभ ब्याण्ड म्युजिक, डिजेको व्यवस्था पनि गरिएको होटलले जनाएको छ। यो प्याकेजको मूल्य भेजका लागि पाँच हजार रुपैयाँ र नन-भेजका लागि पाँच हजार पाँच सय ५५ रुपैयाँ निर्धारण गरिएको छ।  

यसैगरी होटलले १३ हजार रुपैयाँमै स्पेसल बफेट डिनर सहित डिलक्स रुमको व्यवस्था गरेको  जनाएको छ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनले नयाँ वर्ष लक्षित टेरेस गार्डेनमा विशेष परिकार पस्कने भएको छ। होटलले न्यू इयर इभको दिन आयोजना  गर्न लागेको इभेन्टमा लाइभ म्युजिकसहित स्पेसल थाली पस्कने जनाएको छ। होटलका  अनुसार यो प्याकेजको मूल्य प्रति व्यक्ति २५ सय रुपैयाँ निर्धारण गरिएको छ।

अकोमोडेसनतर्फको प्याकेज अन्तर्गत होटलले आठ हजार रुपैयाँमै ब्रेकफास्टसहितको सिंगल/ डबल अकुपेन्सी रुमको व्यवस्था गरेको जनाएको छ।  

चन्द्रागिरी हिल्स रिसोर्टले न्यू इयर इभ लक्षित तीन हजार रुपैयाँमै गाला डिनरको योजना सार्वजनिक गरेको छ। यसैगरी रिसोर्टले प्रति जोडी आठ हजार रुपैयाँमै अकोमोडेसन प्याकेज सार्वजनिक गरेको छ। डिलक्स रुम अकोमोडेसन प्याकेज अन्तर्गत ग्राहकले दुईतर्फी निःशुल्क केबुल कार यात्रा, ब्रेकफास्ट, स्विमीङ पुल, ज्याकुजी लगायतको सुविधा लिन सक्ने रिसोर्टले जनाएको छ।      
 

यस्तै दरबारमार्गको होटेल याक एण्ड यतिले नयाँ वर्षका लागि ल्याएको अफरमा प्रतिव्यक्ति र जोडीका लागि छुट्टाछुट्टै सहुलियत दरमा डिनरसहित स्पेसल प्याकेज व्यवस्था गरेको छ। बजार निर्देशक सागरचन्द्र बान्तवाका अनुसार सरकारको राति ९ बजेपछि व्यवसाय बन्द गर्ने निर्देशनलाई ध्यानमा राख्दै त्यसअघि सेवा लिन आउने ग्राहकहरुका लागि विशेष प्याकेज ल्याइएको हो। 


Share this Story

   

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell