टु ह्वीलरमा इलेक्ट्रिकल मोडल ल्याउन प्रयोग गर्दै होन्डा, आगामी वर्ष ग्रोम संस्करणको मिनी इ-बाइक

बिजमाण्डू
२०७७ चैत्र २७ गते १२:२६ | Apr 9, 2021
टु ह्वीलरमा इलेक्ट्रिकल मोडल ल्याउन प्रयोग गर्दै होन्डा, आगामी वर्ष ग्रोम संस्करणको मिनी इ-बाइक

Tata
GBIME
Nepal Life

जापानी मोटरसाइकल उत्पादक कम्पनी होन्डाले इलेक्ट्रिक टु ह्वीलरमा विस्तार हुने उद्देश्यले मिनी इ-बाइक उत्पादन गर्ने भएको छ।

होन्डा 'ग्रोम'को अवधारणामा कम्पनीले मिनी बाइक उत्पादन गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीले एक वर्ष पछि मिनी बाइक प्रदर्शनमा ल्याउने तयारीमा काम भइरहेको कम्पनीले जनाएको छ। 

यो इ-बाइकको उत्पादन सुरु भएसँगै प्रयोगकर्ताका लागि 'फन टु राइड मेसिन' हुने कम्पनीले जनाएको छ। बाइकको विशेषता र डिजाइन यस अघि ट्रेडिसनल इन्टर्नल कम्बस इन्जिन जडान गरिएको ग्रोमसँगै मिल्दोजुल्दो रहेको कम्पनीले जनाएको छ। 
  
नयाँ आविष्कारको विवरण अनुसार यो बाइकमा मोनोसक स्टायल चेसिस जडान गरिएको छ भने ब्याट्री चेसिसभित्रै जडान गरिएको छ। टेलिस्कोपिक सेटअप नभए पनि यो बाइकमा डबल विसबोन र ग्रिडर स्टायल फोर्क सहितको  होस्याक फोर्क एरेन्जमेन्ट गरिएको छ।
अर्को वर्ष 'टोकियो मोटर्स शो' मा यो बाइक प्रदर्शनमा राख्ने योजना रहेको कम्पनीले जनाएको छ। 

निकट भविष्यमा बाइकको उत्पादन विस्तारसँगै बिक्री वितरणका लागि भारतीय बजारमा ल्याइहाल्ने टुंगो भने लाग्नै बाँकी रहेको कम्पनीले जनाएको छ।