दरबारमार्गमा गर्ने भनिएको सडक महोत्सव स्थगित, कोरोना संक्रमण बढेकाले तत्काल नगर्ने

बिजमाण्डू
२०७७ चैत्र २६ गते १४:४१ | Apr 8, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। दरबारमार्गमा नयाँ वर्षको अवसरमा गर्ने भनिएको सडक महोत्सव स्थगित भएको छ।

कोभिड-१९ को नयाँ लहरका कारण सरकारले पछिल्लो समय जारी गरेको निर्देशन अनुसार महोत्सव तत्कालका लागि स्थगित गरिएको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन रेबानका अध्यक्ष अरनिको राजभण्डारीले बताए।

सरकारले  जारी गरिएको निर्देशन पुनः खुकुलो भएको खण्डमा  दुई सातामा यो महोत्सव पुनः आयोजना गरिने योजना रहेको रेबानका अध्यक्ष राजभण्डारीले जानकारी दिए।

'अहिलेको अवस्थालाई हामीले आफैँले बुझेर महोत्सव केही समयका लागि स्थगित गर्ने निर्णय गरेका हौँ। 'अध्यक्ष राजभण्डारीले भने,'पहिला पहिला नयाँ वर्षको दिन विदामै मात्र सिमीत हुन्थ्यो। उद्योग वाणिज्य महासंघले आउँदा दिनमा मुलुकको विभीन्न क्षेत्रमा यो महोत्सव गर्ने योजना बनाएको छ।'

उनका अनुसार सरकारले भिडभाड नगर्न दिएको निर्देशन फिर्ता लिए लगत्तै फेरि महोत्सव आयोजना गरिनेछ।

'कोभिड-१९का कारण एक वर्ष मुलुक नै पिडामा थियो। व्यापार व्यवसाय उद्योग सबै धरासायी हुने अवस्थामा थिए। यी सबै कुराहरुलाई विर्साइदिएर समग्र आर्थिक कृयाकलापलाई नयाँ शैलीले अगाडी बढाउने यो महोत्सव अहिले स्थगित भएपनि खुला गरिएको दोस्रो शनिबार आयोजना गर्नेछौँ।' अध्यक्ष राजभण्डारीले भने।