हुण्डाइको सेभेन सीटर एसयुभी ‘अल्केजर’ बजारमा आउँदै, क्रेटाको तुलनामा कस्तो छ यो मोडल ?

बिजमाण्डू
२०७७ चैत्र २३ गते १३:३२ | Apr 5, 2021
हुण्डाइको सेभेन सीटर एसयुभी ‘अल्केजर’ बजारमा आउँदै, क्रेटाको तुलनामा कस्तो छ यो मोडल ?

Tata
GBIME
Nepal Life

ह्यागब्याकका तुलनामा सवारी प्रयोगकर्ताको आकर्षण एसयुभी (स्पोर्ट्स युटिलिटी भेहिकल) मा बढेका बेला मोटर उत्पादकहरू नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन्।

क्रेटाले बनाएको बजारलाई ध्यानमा राख्दै हुण्डाइ मोटर्सले भारतमा छिटै एसयुभी सेग्मेन्टको नयाँ  संस्करण 'अल्केजर' सार्वजनिक गर्ने तयारी गरेको छ। क्यामो फ्ल्याग आवरणमा सार्वजनिक गर्न लागिएको यो गाडी अत्यधिक सफल मानिएको 'क्रेटा'को अवधारणामा तयार गरिएको कम्पनीले जनाएको छ। 

६ र सात सिट क्षमतामा डिजाइन गरिएको यो नयाँ एसयुभी विभिन्न मौसम र भौगोलिक क्षेत्रमा परीक्षण गरिएको कम्पनीले जनाएको छ। 'गो एनिव्हेर' स्लोगन दिइएको यो नयाँ गाडी जस्तोसुकै बाटोमा पनि प्रयोग गर्न सकिने दाबी कम्पनीको छ। 

भारतीय बजारमा अत्यधिक बिक्री हुँदै आएको हुण्डाई क्रेटा जस्तै 'थ्री रो सेगमेन्ट' अन्तर्गतको अल्केजरले उही किसिमले बजार लिने अपेक्षा कम्पनीको छ। ठूलो किसिमको एसयुभीमा प्रवेश गर्न चाहने गाडी पारखीका लागि अल्केजर नै उत्तम विकल्प हुने कम्पनीले जनाएको छ।

समूह, सपरिवार यात्रा गर्न चाहनेलाई सहज हुनुका साथै यो गाडीमा चालक र यात्रुले थप आरामदायी ड्राइभिङ अनुभव लिन सक्नेछन्।

पाँच सिटे क्रेटा र अल्केजरमा रहेको पाँच भिन्नता यस्तो छ 

प्रिमियम लुक्स  
कम्पनीले हालै क्यामो फ्लाग् अल्केजरको सार्वजनिक गरेको भिडियो अनुसार क्रेटाको तुलनामा यो गाडी अतिरिक्त दुईवटा सिट समावेश गरिएको छ। गाडीमा पारामेटिक ग्रील जडान गरिएको छ। यस अघि हुण्डाई क्रेटाको ग्रीलमा सामान्य डिजाइन समावेश गरिएको थियो। क्रेटाको तुलनामा अल्केजरमा जडान गरिएको टेल लाइट तुलनात्मक रूपमा ठूलो र आकर्षक रहेको कम्पनीले जनाएको छ।

थप आरामदायी
क्रेटाको तुलनामा यो गाडी थप आरामदायी छ। ६ र सात सिट क्षमता लगायत दुई भेरियन्टमा उपलब्ध  हुने यो गाडीमा चालकको सिटलाई मध्यनजर गर्दै दुई वटा रो समावेश गरिएको छ। चालकको सिट छेउमा रहेको कन्सोलमा चियाको कप होल्डर सुविधा पनि छ। चालक र यात्रुले गाडीमा खोज्ने सुविधाहरुलाई मध्यनजर गर्दै कम्पनीले वायरलेस चार्जर पनि समावेश गरेको छ। 

बढाइएको लम्बाई
क्रेटको तुलनामा यो गाडीको लम्बाई बढाइएको  कम्पनीले जनाएको छ।  तर  हालसम्म कम्पनीले बढाइएको लम्बाइको आकार भने खुलासा गरेको छैन। हेर्दाखेरी यो गाडीको लम्बाइ क्रेटालाई थोरै तन्काइएको जस्तो देखिन्छ। क्रेटाको लम्बाइ ४३०० एमएम, चौडाइ १७९० एमएम र उचाई १६३५ एमएम छ भने व्हिल बेस २६१० एमएम लम्बाइको छ। 
 
ठूलो चक्का 
यस अघि कम्पनीले क्रेटामा १७ इन्चको चक्का जडान गरेको थियो। क्रेटाको तुलनामा अल्केजरको चक्काको आकार ठूलो रहने कम्पनीले जनाएको छ। यो गाडीमा डायमण्ड कट अलोइ डिजाइन अवधारणमा १८ इन्चको चक्का जडान गरिएको छ। 

डुअल टोन इन्टेरियर
डु अल टोन इन्टेरियर अन्तर्गत यो गाडीको भित्री  भागमा कालो र डार्क ब्राउन अवधारणा समावेश गरिएको छ।