आयल निगमले बढायो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, पेट्रोल अब लिटरको १२० रुपैयाँ

बिजमाण्डू
२०७७ चैत्र २२ गते २०:५७ | Apr 4, 2021
आयल निगमले बढायो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, पेट्रोल अब लिटरको १२० रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको हो।

मूल्यवृद्धिपछि पेट्रोल लिटरको १ सय २० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ३ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। निगमलाई खाना पकाउने एलपीजी ग्यास एक सिलिण्डरमा ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा छ। निगमलाई ग्यासबाट मात्रै ६० करोड १३ लाख रुपैयाँ घाटा छ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा ७ रुपैयाँ ३९ पैसा र डिजलमा १ रुपैयाँ ९४ पैसा घाटा छ। निगमलाई मूल्य वृद्धिपछि पनि १५ दिनमा ८८ करोड घाटा हुने दाबी गरिएको छ।