कोकाकोलाको नयाँ अफर, २.२५ लिटरको प्याकमा २५० मिलीलिटर निःशुल्क पाइने

बिजमाण्डू
२०७७ चैत्र २२ गते १७:१६ | Apr 4, 2021
कोकाकोलाको नयाँ अफर, २.२५ लिटरको प्याकमा २५० मिलीलिटर निःशुल्क पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। लोकप्रिय बेभरेज ब्रान्ड कोकाकोलाले यो गर्मीमा 'घरमा स्पेशल खानाको सानो ट्रिट' अभियान घोषणा गरेको छ।

उपभोक्ताहरुका लागि घरमा खानाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन कोकाकोलाले नेपालमा २.२५ लिटर प्याकमा कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा दुई सय ५० मिलिलिटर प्याकको निःशुल्क प्राप्त गर्ने कोकाकोलाले जनाएको छ।

यो अफर कोक एण्ड मिल्स क्याम्पेनको हिस्सा रहेको चालु वर्षको शुरुमा सुरु गरिएको थियो। यसको मूल सन्देश कोकसँग एउटा साधारण खाना पनि एक उत्सवमा परिणत हुन सक्छ भने कोकले जनाएको छ।

कोकाकोलाले यस अफरका साथ उपभोक्ताहरूले कोक, फ्यान्टा र स्प्राइटकोखानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने विश्वास राखेको छ।