इटहरीको इपी पार्क संचालनमा, वृद्ध र बालबालिकालाई निःशुल्क, विद्यार्थीलाई छुट

बिजमाण्डू
२०७७ फागुन १८ गते १५:३३ | Mar 2, 2021
इटहरीको इपी पार्क संचालनमा, वृद्ध र बालबालिकालाई निःशुल्क, विद्यार्थीलाई छुट

Tata
GBIME
Nepal Life

विराटनगर। सुनसरीको इटहरीमा सोमबार इपी ल्यान्ड एन्ड वाटर पार्क सोमबारदेखि संचालनमा आएको छ। पार्कका सञ्चालक विनोद पौडेलका अनुसार सर्वसाधारणका लागि पार्कको प्रवेश शुल्क ७ सय ५० र विद्यार्थीका लागि ६ सय ५० रुपैयाँ तोकिएको छ।

त्यस्तै ३ फिट माथिका बालबालिकाका लागि ४ सय निर्धारण गरिएको छ। सत्तरी वर्ष माथिका वृद्ध र ३ फिटभन्दा होचा बालबालिकाले पार्कको अवलोकन निःशुल्क गर्न पाउने छन्। जिपलाइन, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्बको प्रति व्यक्ति एक हजार रुपैयाँ शुल्क राखिएको छ।

जम्बो प्याकको शुल्क प्रति व्यक्ति १ हजार ५ सय कायम गरिएको छ। जम्बो प्याकको टिकट खरिद गरेपछि प्रवेशका लागि छुट्टै टिकट लिइरहनु पर्दैन। जम्बो प्याकको टिकटबाट हाल पार्कमा रहेका ६ वटै खेल, एम्युजमेन्ट पार्क, जिपलाइन, वाल क्लाइम्बिङ, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्बको रमाइलो गर्न पाइने छ।बिहान १० देखि साँझ ६ बजेसम्म खुला रहने यस पार्कमा प्रवेश गरेपछि यहाँभित्र ६ घण्टासम्म बस्न पाइनेछ।

सञ्चालक विनोदले पार्कले ३ महिनापछि स्नोपार्क पनि सञ्चालनमा ल्याउने जानकारी दिए। कोभिडका कारण जर्मनीबाट इन्जिनियर समयमा आउन नपाएका कारण स्नोपार्क तत्काल तयार हुन नसकेको उनको भनाइ छ। प्रहरीका २ पूर्व उच्च अधिकारीसहित ४ जनाको कुल ३० करोड लगानी छ।