मेगा बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका सबै होटल तथा रेष्टुरेन्टहरुमा छुट पाउने

बिजमाण्डू
२०७७ फागुन १८ गते १५:०७ | Mar 2, 2021
मेगा बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुपका सबै होटल तथा रेष्टुरेन्टहरुमा छुट पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंकका ग्राहकहरुले सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीले सञ्चालन गरेका सबै होटल तथा रेष्टुरेण्टहरुमा छुट पाउने भएका छन्।

बैंक र सिद्धार्थ ग्रुपबीचको सम्झौता पछि ग्राहकहरुले खानासँगै बसाईमा पनि छुट पाउने छन्। बैंक ग्रुपबीच भएको सम्झौताअनुसार खानाका परिकारहरुमा बैंकका ग्राहकहरुले १० प्रतिशत छुट पाउने छन्। रुम चार्जमा भने कर्पोरेट छुटको व्यवस्था गरिएको  बैंकले जनाएको छ। 

सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्टहरु सञ्चालन भइरहेका छन्। जसमध्ये काठमाडौंमा आठ वटा होटल तथा रेष्टुरेण्ट रहेको बैंकले जनाएको छ।