राष्ट्र बैंकले जारी गर्‍यो क्यूआर कोडको मापदण्ड, जनचेतनादेखि गुनासो व्यवस्थापनसम्म समेटियो

बिजमाण्डू
२०७७ फागुन १८ गते १५:२६ | Mar 2, 2021
राष्ट्र बैंकले जारी गर्‍यो क्यूआर कोडको मापदण्ड, जनचेतनादेखि गुनासो व्यवस्थापनसम्म समेटियो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले क्यूआर कोडको मापदण्ड तय गरेको छ। पछिल्लो समय विद्युतीय भुक्तानीको मुख्य माध्यम बन्दै गएको क्यूआर कोडलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले मापदण्ड जारी गरेको हो।
 
राष्ट्र बैंकले मापदण्डमा क्यूआर भुक्तानीका लागि स्किम/नेटवर्कको योग्यता, एक्वायरिङ तथा जारीको योग्यता, नेटवर्क, अक्वायरर र जारी गर्ने संस्थाको मुख्य जिम्मेवारी, मूल्य तथा शुल्क, सेटलमेन्ट संयन्त्र, ग्राहक सेवा/गुनासो सम्बोधन र विवाद निरुपण, सूचना सुरक्षा कार्यक्रम, क्यूआर लोगो र ब्राण्डिङलगायतका विषय समेटेको छ। 

यस्तै, क्यूआर कोडबारे प्रयोगकर्ताहरुलाई आवश्यक शिक्षा तथा जनचेतना विस्तार गर्ने बारे प्रावधान समेटेको छ। मापदण्डले क्यूआर कोडको अन्तरआबद्धता, व्यापक प्रयोग र विस्तारसँगै सुरक्षालाई ध्यान दिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले गत माघ १४ गते मापदण्डमा आवश्यक राय सुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको थियो। 

राष्ट्र बैंकले पछिल्लो समय क्यूआर कोड स्क्यानबाटै हुने भुक्तानीलाई व्यापक विस्तार गर्दै लगिरहेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित अन्य पदाधिकारीहरु वाणिज्य बैंकहरुलाई साथ लिएर देशव्यापी रुपमा क्यूआर कोड विस्तार गर्दै लगेका छन्।