नयाँ व्यवस्थापनसहित आइसबर्ग बियर फेरि बजार भित्रियो, स्ट्रङ र प्रिमियम दुवै ब्राण्डमा पाइने

बिजमाण्डू
२०७७ फागुन १७ गते १६:०८ | Mar 1, 2021
नयाँ व्यवस्थापनसहित आइसबर्ग बियर फेरि बजार भित्रियो, स्ट्रङ र प्रिमियम दुवै ब्राण्डमा पाइने


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालकै पुरानो मानिएको बियर ‘आइसबर्ग’ सोमबारबाट पुनः बजारमा भित्रिएको छ।  हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै नयाँ स्वरुप, स्वाद र लेबलमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
 
तीन दशकअघि नेपाली बजारमा निकै रुचाइएको आइसबर्ग नयाँ व्यवस्थापन र लगानीमा आएको हो। गोदावरीको पानीलाई प्रशोधन गरी उत्पादन हुने आइसबर्ग स्प्रिङ वाटर प्रयोग भई उत्पादन हुने नेपालकै एक मात्रै बियर भएको कम्पनीको दाबी छ।  

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिष्टिलरीका विभिन्न मदिरा पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको कम्पनीले जनाएको छ। आइसबर्गको स्ट्रङ बियरमा सात प्रतिशत अल्कोहल रहने बताइएको छ। 

आइसबर्गको प्रिमियम बियर ६५० एमएलको मूल्य दुई सय ८५ रुपियाँ कायम गरेको जनाएको छ। हिमालयन ब्रुअरीको स्ट्रङ सेगमेन्ट बियर कमाण्डो पनि बजारमा उपलब्ध छ। नेपाली उपभोक्तामा निकै परिचित भइसकेकोले आइसबर्गले छिट्टै बजार लिनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ।