नबिल बैंकको ३६ वर्षे यात्रा देखाउने भिडियो: जहाँ बच्चाबाट गरिने बचतको महत्व देखाइएको छ

बिजमाण्डू
२०७७ फागुन १७ गते १५:२० | Mar 1, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। निक्षेप खाताका बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले नबिल बैंकले एउटा भिडियो ल्याएको छ।

यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो। 

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हु“दै अहिलेको दिनसम्म आइपुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ। एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियोमार्फत् देखाइएको छ।

नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरेको छ। 

बैंकको ३६ वर्षको यात्रामा लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको देखाउन खोजिएको छ।