भारतको विद्युत व्यापार निर्देशिकाः नेपालको विद्युत किन्ने, विदेशी लगानीमा बनेको भए नकिन्ने

बिजमाण्डू
२०७७ फागुन १५ गते १६:४२ | Feb 27, 2021
भारतको विद्युत व्यापार निर्देशिकाः नेपालको विद्युत किन्ने, विदेशी लगानीमा बनेको भए नकिन्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। भारतले नेपाली लगानीमा निर्माण भएका जलिद्युत आयोजनाको पनि विद्युत खरिद गर्ने गरि अन्तरदेशीय विद्युत व्यापार निर्देशिका ल्याएको छ।

यस अघि भारतीय सरकारी तथा निजी कम्पनीको लगानी रहेको जलविद्युत आयोजनाको मात्रै विद्युत खरिद गर्ने गरि ल्याएको निर्देशिका संशोधन गरेपछि अन्तरदेशीय विद्युत व्यापारको समझदारी भएका छिमेकी देशको लगानीमा निर्माण भएका आयोजनाको पनि विद्युत खरिद गर्ने बाटो खुलेको हो।

तर छिमेकी देश भए पनि विदेशी लगानी ल्याएर निर्माण भएका आयोजनाको विद्युत भने भारतीय बजारमा लिने बाटो अझै पनि बन्द गरिएको छ।

भारतले विशेषगरी छिमेकी मुलुकमा बढ्दो चिनियाँ लगानी रोक्ने उद्देश्यले विदेशी लगानीमा निर्माण भएका आयोजनाको विद्युत नकिन्ने रणनीति लिएको ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन्।

नेपालमा विद्युतको आन्तरिक बजार विकास नहुन्जेल भारत बाहेकका देशबाट जलविद्युतमा विदेशी लगानी निरुत्साहित हुने जानकारहरुले बताएका छन्।