बुटवल उद्योग वाणिज्य संघको साधारणसभा बिहीबार, अध्यक्षका लागि कसजु र अर्यालको उम्मेदवारी

बिजमाण्डू
२०७७ फागुन १२ गते १६:५३ | Feb 24, 2021
बुटवल उद्योग वाणिज्य संघको साधारणसभा बिहीबार, अध्यक्षका लागि कसजु र अर्यालको उम्मेदवारी

Tata
GBIME
Nepal Life

काठमाडौं। बुटवल उद्योग वाणिज्य संघको साधारणसभा विहीबार हुँदैछ। यो साधारणसभामा नयाँ नेतृत्व चयन हुने भएकाले निर्वाचनको माहोल समेत तातिएको छ। संघको नेतृत्वका लागि दुई जनाको उम्मेदवारी परेको छ।

अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले उम्मेदवारी दिएका छन्। संघको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र बाणिज्य सदस्यमा भने एकल उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा महासचिव दिनेशप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन्। त्यस्तै उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा क्रमशः टंकप्रसाद गैरे, नरिश्वर शर्मा पौडेल र बिमलराज भट्टराईले उम्मेदवारी दिएका छन्।संघको कोषाध्यक्ष पदमा २ जना र सचिव पदमा भने ४ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदमा नविन श्रेष्ठ र भेषराज गैरे तथा सचिव पदमा बाबुराम विक, बसन्तप्रसाद ढकाल, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीको उम्मेदवारी परेको हो।

एक एशोसियट सदस्य पदमा आनन्दप्रसाद ओझाको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ बाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको एकल उम्मेदवारी परेको छ। त्यस्तै ४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग र संजय कलवार जयसवालको उम्मेदवारी परेको थियो।

यद्यपी पुरुषोत्तमभक्त प्रधानाङ्गले उम्मेद्वारी फिर्ता लिएपछि उद्योग सदस्यमा पनि आवश्यक पदमा मात्रै उम्मेदवारी कायम भएको छ। खुल्ला तर्फको ७ सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ। खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोहमद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो।

त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।