विराटनगरमा अर्गानिक वस्तुको साप्ताहिक बजार संचालनमा आउने, किसान लाभान्वित हुने

बिजमाण्डू
२०७७ फागुन १२ गते १६:४६ | Feb 24, 2021
विराटनगरमा अर्गानिक वस्तुको साप्ताहिक बजार संचालनमा आउने, किसान लाभान्वित हुने

Tata
GBIME
Nepal Life

विराटनगर। मोरङ र सुनसरीका किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्दै कृषकको लागतअनुरूपको प्रतिफल दिलाउन विराटनगरमा साप्ताहिक सन्ध्याकालीन बजार लाग्ने भएको छ।

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा साप्ताहिक सन्ध्याकालीन बजार सुरु गर्न लागेको हो। यसबाट कृषिको व्यावसायीकरण हुने र किसानले तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नसक्ने विश्वास राखिएको छ।मञ्चका अध्यक्ष सृजन प्याकुरेलका अनुसार फागुन १४ शुक्रबारदेखि साप्ताहिक रूपमा साँझ ३ देखि राति ८ बजेसम्म खुला राखिने बजार १५ वटा स्टलबाट सुरु गरिनेछ।

मालसामानको विक्री र ग्राहकको चाप बढ्दै गएमा बजार लाग्ने दिन बढाइने छ। बजार सञ्चालनको व्यवस्थापनका लागि मञ्चले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघसँग सहकार्य गर्ने सहमति भएको छ।मञ्चका सचिव श्वेता तुलाधरले यस क्षेत्रका अर्गानिक उत्पादनहरू सागसब्जी, स्ट्रबेरी, मह, नौनी, नेवारी खाजा सेट, क्राफ्टका सामान तथा नेपाल अपाङ्ग महिला सङ्घले उत्पादन गरेको वस्तु पनि विक्रीका लागि राखिने जानकारी दिइन्।