महिला लघुवित्त संस्थाको सेयर शुक्रबार बाँडफाँड हुने, मागभन्दा ६३ गुणा बढिको आवेदन

बिजमाण्डू
२०७७ फागुन १२ गते १६:२९ | Feb 24, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको छ।

कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग हो। 

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँअंकित दरका सेयर निष्काशन गरेको थियो।

कम्पनीले कुल ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो। 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ। महिलाको सेयरमा ६३ गुणा बढिको आवेदन परेको छ।