म्युचुअल फण्डको रोजाइमा निफ्राको सेयर, त्यसपछि नेपाल बैंक र प्रभु बैंक, भाउ बढ्दा न्याभ उक्लियो

बिजमाण्डू
२०७७ फागुन १२ गते ०९:२९ | Feb 24, 2021
म्युचुअल फण्डको रोजाइमा निफ्राको सेयर, त्यसपछि नेपाल बैंक र प्रभु बैंक, भाउ बढ्दा न्याभ उक्लियो

Tata
GBIME
Nepal Life

काठमाडौं। सिद्धार्थ म्युचुअल फण्ड र नबिल म्युचुअल फण्डअन्तर्गतका दुई फरक फरक स्किमले माघको विवरणमार्फत बुधबार आफ्नो 'पोर्टफोलियो' सार्वजनिक गरेका छन्।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, सिद्धार्थ इक्विटी फण्ड, नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड-२ ले विवरण सार्वजनिक गरेका हुन्। सबैको आकर्षण नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयरमा देखिन्छ।

सिद्धार्थ इन्भेष्टमेन्टले एक लाख ८१ हजार ८१८ कित्ता सेयर निफ्राको उठाएको छ। आजको दिनमा यसको मूल्य १० करोड ७९ लाख रुपैयाँ हुन्छ। यसपछि बढि सेयर प्रभु बैंकको छ। तर, सिद्धार्थ इन्भेष्टमेन्टले अघिल्लो महिनाको तुलनामा प्रभुको सेयर घटाएको हो। प्रभुको एक लाख ७३ हजार ९९६ कित्ता सेयर छ।

यसपछि सानिमा, एनआइसी एसिया, सेञ्चुरी कमर्सियल बैंक, नेपाल बैंक, प्राइम बैंक, एनएमबि बैंक, ग्लोबल आइएमइ र नबिल बैंकको सेयर धेरै छ। प्रभुबाहेक सबैको सेयर होल्डिङ बढाउँदै लगेको देखिन्छ। पछिल्लो समय सेयर बजार बढेका कारण यो स्किमको न्याभ बढेर गएको छ। १४.९ को न्याभ १६.२५ पुगेको छ।

सिद्धार्थ इक्विटीले  निफ्राको सेयर एक लाख ८१ हजार ८१८ कित्ता उठाएको छ। तर सिद्धार्थ इक्विटीसँग सबैभन्दा बढि सेयर भने सानिमा बैंक र नेपाल बैंकको छ। सानिमाको १ लाख ९३ हजार ७६५ कित्ता र नेपाल बैंकको एक लाख ८५ हजार ७९० कित्ता सेयर छ।

यसपछि निफ्राको सेयर हो। निफ्रापछि प्रभु बैंक, ग्लोबल आइएमइ, एनआइसी एसिया, सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेन्ट प्रमोटर, एनएमबि र प्राइम बैंकको सेयर छ। कम्पनीले यी सबै कम्पनीको सेयर हिस्सा बढाउँदै लगेको छ। सिद्धार्थ इक्विटीले होल्ड गरेका कम्पनीहरुको मूल्य बढेका कारण न्याभ १४.७४ बाट बढेर १६.०६ पुगेको छ।

यता नबिल इक्विटी फण्डको न्याभ पनि १४.४ बाट बढेर १५.९२ पुगेको छ। नबिल इक्विटीले गरेको कुल लगानीमध्ये 'टप टेन' भित्र मिश्रित समूहका कम्पनीहरु छन्। सिटिजन्स म्युचुअल फण्ड-१, एनआइसी एसिया ग्रोथ फण्ड, एनएमबि-५०, सनराइज म्युचुअल फण्डमा धेरै लगानी छ। 

यसपछि निफ्रामा लगानी छ। निफ्राको एक लाख ९१ हजार ७८२ कित्ता सेयर छ। निफ्रापछि नेपाल बैंक, एनआइसी एसिया, गरिमा विकास बैंक, बुटवल पावर कम्पनीको सेयर छ। 

नबिल ब्यालेन्स्ड फण्डले पनि सन्तुलित लगानी गरेको छ। योसँग सिटिजन्स म्युचुअल फण्ड-२ को २० लाख  इकाइ छ। एनएमबि-५० को १२ लाख ५० हजार, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ९ लाख ४५ हजार इकाइ छन्। यसबाहेक सनराइज फर्स्ट म्युचुअल फण्ड, सिद्धार्थ इक्विटी फण्ड, एनआइसी एसिया ब्यालेन्स फण्ड, सिटिजन्स म्युचुअफ फण्ड-१ को इकाइ छ। 

१०० रुपैयाँ अंकित दरका कम्पनीमा भने सबैभन्दा बढी निफ्राको सेयर छ। निफ्राको एक लाख ७१ हजार ८५५ कित्ता सेयर छ। यसपछि नेपाल बैंक, सनराइज बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, ज्योति विकास बैंक र सेञ्चुरी बैंकको सेयर छ। यसको न्याभ १३.७९ बाट बढेर १४.८५ पुगेको छ।