निसानको ‘म्यागनाइट’ नेपाली बजारमा, सुरुवाती मूल्य साढे २९ लाख, यस्ता छन् सुविधा

बिजमाण्डू
२०७७ फागुन ११ गते १२:१७ | Feb 23, 2021
निसानको ‘म्यागनाइट’ नेपाली बजारमा, सुरुवाती मूल्य साढे २९ लाख, यस्ता छन् सुविधा


Tata
GBIME
Nepal Life

काठमाडौं। एसयुभीको प्रतिष्पर्धात्मक बजारमा अन्य कम्पनीलाई चुनौती दिँदै निसान मोटर्सले सस्तो मोडल सार्वजनिक गरेको छ। सुरुवाती मूल्य २९ लाख ४९ हजार राखिएको 'म्यागनाइट' बजारमा आएको हो। 

नेपालका लागि निसानका गाडीको आधिकारिक बिक्रेता कम्पनी पायोनियर मोटोकर्पले म्यागनाइट सार्वजनिक गर्दै यो गाडी बजारमा आएका अन्य एसयुभीका तुलनामा सस्तोसँगै फराकिलो, सुन्दर र सुविधायुक्त रहेको दाबी गरेको छ।

निसानको म्यागनाइट भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा पनि ल्याइएको पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दिपकुमार शारडाले बताए। 'कम्पनी नयाँ युगमा प्रवेश गरेकोमा हामी हर्षित छौं। नयाँ लोगोमा प्रवेश गरेसँगै भारतमा म्यागनाइट नै पहिलो उत्पादन हो र भारतपछि नेपालमा यो गाडी सार्वजनिक गर्ने अवसर मिलेको छ,' उनले भने, 'अत्याधुनिक प्रविधि जडान गरिएको यो गाडीमा मानव केन्द्रित इन्जिनीयरिङ गरिएको छ।' 

ग्राहकको चाहना अनुसारका अत्याधुनिक प्रविधियुक्त सुविधा जडान गरिएको म्याग्नाइटले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने उनको दाबी छ। भारतमा सार्वजनिक भए लगत्तै नेपालमा बिग, बोल्ड र ब्युटीफुल उत्पादन 'म्यागनाइट' नेपालमा सार्वजनिक गर्न पाउँदा खुसी लागेको निसानको साउथ एसिया बिजनेस हेड रघुनाथ नायरले बताएका छन्।

गाडीको बाह्य आवरणमा डोमिनेटिङ फ्रन्ट ग्रिल, वाइड स्प्लिट सिग्नेनेचर टेल ल्याम्प, १६ इन्चको डायमण्ड कट अलोइ व्हिल, क्रोम डोर  ह्याण्डल लगायतका अत्याधुनिक पार्ट्स जडान गरिएको उनले जानकारी दिए।  इलेक्ट्रोनिक ब्रेकफोर्स सहितको एन्टी-लक ब्रेकिङ सिस्टम (एबीएस) समावेश गरिएको गाडीमा ड्राइभिङ सहजताका लागि इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल र भेहिकल डाइनामिक कन्ट्रोल समावेश गरिएको कम्पनीले जनाएको छ।

यात्रु सुरक्षालाई मध्यनजर गर्दै गाडीमा डुअल एयरब्याग समावेश गरिएको छ भने बेस्ट इन क्लास इको स्कोरिङ र इको कोचिङ, होइ इण्ड स्पिकर, वायरलेस चार्जर, क्रुज कन्ट्रोल, एम्बियन्ट लाइटीङ, पडल ल्याम्प,एण्ड्रोइड र एप्पल कारप्ले सँग वायरलेस कनेक्टिभिटी, टायर प्रेसर, फ्युल हिस्ट्री लगायतमा नयाँ  प्रविधियुक्त सुविधा जडान गरिएको छ।

गाडीमा रियर निरुम, ग्लोब बक्स, वाटर बोटल होल्डर, कप होल्डर र मोबाइल होल्डरसहितको रियर आर्रेस्ट, ३३६ लिटरको कार्गो स्पेस लगायतको सुविधा राखिएको कम्पनीले जनाएको छ। स्टेरिङ माउन्टेड अडियव र मिटर कन्ट्रोल समावेश गरिएको गाडीमा हाइट एडजस्टेबल सीट, रियर एसी, हिल स्टार्ट एसिस्ट, उत्कृष्ट सिट दुरी, की-लेस एन्ट्री लगायतको सुविधा पनि छ।

३९ सय ९४ मिलिमिटर लम्बाइ, १७ सय ५८ मिलिमिटर चौडाइ र १५ सय ७२ मिलिमिटर उचाइको यो मोडलको व्हिल बेस २५ सय मिलिमिटर छ। ४० लिटर इन्धन भण्डारन क्षमता रहेको यो गाडीले प्रतिलिटर १७  किलोमिटर माइलेज दिनेछ। ९९९ सीसी इन्जिनको यो गाडीमा पाँच सिट क्षमता छ। 

 

दुईवटा पावरट्रेन अन्तर्गतको म्यागनाइट ११ वटा भेरियन्टमा बजारमा उपलब्ध हुने पायोनियरले जनाएको छ।

यस्तो छ गाडीको मूल्य

पावर ट्रेन

भेरियन्ट

नेपाली बजार मूल्य

. लिटर बि फोर डी(B4D) एमटी

एक्स इ

२९,४९,०००

एक्स एल

३१,९९,०००

एक्सभी-मोनो

३४,९९,०००

एकसभी-डुअल टोन

३५,२९,०००

एक्स भि प्रिमीयम मोनो

३७,९९,०००

एक्सभि प्रिमीयम-डुअल टोन

३८,२९,०००

.० लिटर एआरए जेरो (HRA0) टर्बो पेट्रोल एमटी

एक्सएल

३६,४९,०००

एक्सभीमोनो

३९,४९,०००

एक्सभी-डुअल टोन

३९,७९,०००

एक्सभी प्रिमीयम-मोनो

४२,४९,०००

एक्सभी प्रिमीयम-डुअल टोन

४२,७९,०००