औजार सोलुसनले बुटवलमा पनि शाखा खोल्यो, २० भन्दा बढी प्रकारका मर्मत सेवा दिने

बिजमाण्डू
२०७७ फागुन १० गते १५:०० | Feb 22, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। बिभिन्न किसिमका मर्मत तथा सम्भार सम्बन्धी काम गर्ने औजार सोलुसनले बुटवलमा पनि शाखा बिस्तार गरेको छ।

गत असोज १ गतेदेखि व्यावसायिक रुपमा कार्यालय तथा आवासहरुमा मर्मत तथा सम्भार सम्बन्धी काम गर्न स्थापना भएको औजार सोलुसनले बुटवलमा समेत कार्यालय स्थापना गरेको हो।

कम्पनीका प्रबन्ध संचालक उत्सव भट्टाइका अनुसार बुटवल शाखाको भर्चुअल रुपमा उद्घाटन गरी काम सुरु गरिएको हो।

कम्पनीले स्थानीय युवा ब्यवासायी केशबराज पाण्डेसँगको सहकार्यमा बुटवलमा २० भन्दा बढी क्षेत्रमा मर्मत सम्भार सुविधा सहित काम सुरु गरेको बताएको छ।

औजार सुरु भएको पाँच महिनामै यसले काठमाडौ उपत्यकाबाहिर सेवा बिस्तार गरेको हो ।

काठमाडौं, ललितपुर तथा भक्तपुरमा सेवा दिँदै आएको औजारले चाँडै नै अन्य शहरमा पनि सेवा बिस्तार गर्ने जनाएको छ।