निफ्राको सेयर मूल्य ६०० पुग्दा पनि खरिद माग उच्च, ५५ नम्बर ब्रोकरले धमाधम उठाउँदै

बिजमाण्डू
२०७७ फागुन ९ गते १३:०१ | Feb 21, 2021
निफ्राको सेयर मूल्य ६०० पुग्दा पनि खरिद माग उच्च, ५५ नम्बर ब्रोकरले धमाधम उठाउँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नीफ्रा)को सेयर मूल्य ६०० रुपैयाँ पुग्दा पनि खरिद माग भने उच्च देखिएको छ।

पहिलो डेढ घण्टाभित्र साढे सात लाख कित्ता सेयर ४६ करोड रुपैयाँमा किनबेच भइसकेको छ। अहिले पनि करिब १२ लाख कित्ता सेयर खरिदको लागि माग देखिएको छ।

ब्रोकर नम्बर ५५ (भृकुटी सेक्युरिटिज)बाट सबैभन्दा धेरै दुई लाख २० कित्ता भन्दा बढी सेयर खरिद भएको छ। ५५ बाट अधिकतम १२ हजार कित्तासम्मको एउटै कारोबार भएको छ। सुरुवाती समयदेखि नै ५५ बाट अत्यधिक सेयर किनिएको छ।

अन्य ब्रोकर कम्पनीबाट भने ३ हजार देखि ३० हजार कित्तासम्म मात्रै सेयर खरिद हुँदा ५५ बाट २ लाख कित्ताभन्दा बढी सेयर खरिद भएको छ।