हप्ता दिन नपुग्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको ११४ रुपैयाँ

बिजमाण्डू
२०७७ फागुन ४ गते २१:०६ | Feb 16, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले एक सातामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो।

अब उपभोक्ताले पेट्रोल लिटरको १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेल ९७ रुपैयाँ तिर्नुपर्नेछ। गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको हो।

निगमले एक महिनाको अवधिमा यो तेस्रो पटक मूल्य वृद्धि गरेको हो। माघ ६ गते निगमले तेलको मूल्य बढाएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जिकिर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।