ओलीका निजी वकिलको तर्क: प्रधानमन्त्रीलाई राजा र श्री ३ बराबरको अधिकार छ

बिजमाण्डू
२०७७ माघ २९ गते १४:१९ | Feb 11, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा बहस गरिरहेका प्रधानमन्त्रीका निजी कानुन व्यवसायी अधिवक्ता रामचन्द्र गौतमले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीलाई अवशिष्ट अधिकार रहेको दाबी गरेका छन्।

संवैधानिक इजलासमा भइरहेको बहसमा उनले शासकीय स्वरूप अन्तर्गत व्यवस्थापिका र न्यायपालिकाको अधिकार बाहेक सबै कार्यकारिणीमा अवशिष्ट हुने बताएका हुन्।

संविधानमा स्पष्ट नभएकाले सिद्धान्त अभ्यास लागू हुने उनले इजलासलाई बताए।

'प्रधानमन्त्रीलाई राजा बराबर अधिकार दिएको छ। श्री ३ बराबर हो। संविधानले पावर दिन्छ। कसले के बोल्यो हेर्न हुन्न। धारा २ अनुसार प्रधानमन्त्री जनतामा जानुभएको हो' उनले भने।