योजना आयोगका उपाध्यक्ष कँडेलले भने- एमसीसी नआए आफ्नै लगानीमा परियोजना बनाउनुपर्छ

बिजमाण्डू
२०७७ माघ १४ गते १४:०४ | Jan 27, 2021

Tata
GBIME
Nepal Life

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

एमसीसी बारे राजनीतिक रूपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफैं गलत हो की भन्ने भ्रम पनि सिर्जना भएको पनि उपाध्यक्ष कँडेलले बताए।

परियोजनाको राजनीनिक पक्ष जे जस्तो भए पनि केही वर्ष भित्र विद्युतको ठूलो राष्ट्रिय प्रसारण लाइन आवश्यक पर्ने भएकाले सरकारले एमसीसी स्वीकृत नभए पनि परियोजनालाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

न्यूज एजेन्सीसँग कुरा गर्दै उपाध्यक्ष कँडेलले भने- 'एमसीसी परियोजना रुपान्तरणकारी आयोजनाको रूपमा १५ औं योजनामा समेत समावेश भइसकेकाले सरकारले परियोजना निर्माणको कार्यलाई तीव्रता दिएको हो।'  तर देशको पुँजीको अपर्याप्तताको कारणले एमसीसी आवश्यक पर्ने देखिएको पनि उनले बताए।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले आफैले एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पारे ।

ऊर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रुपमान्तरणकारी आयोजनामा समावेश गरेको उनको भनाइ छ।