व्यवसाय नोक्सानीमा गएपछि साउथवेस्ट एयर खर्च कटौती गर्दै, ल्यायो स्वेच्छिक अवकाश योजना

बिजमाण्डू
२०७७ माघ १४ गते १२:३५ | Jan 27, 2021
व्यवसाय नोक्सानीमा गएपछि साउथवेस्ट एयर खर्च कटौती गर्दै, ल्यायो स्वेच्छिक अवकाश योजना


Tata
GBIME
Nepal Life

कोरोनाको प्रभाव लम्बिएर हवाई सेवा व्यवसाय नोक्सानीमा गएपछि अमेरिकी हवाई सेवा कम्पनी साउथवेस्ट एयरले खर्च घटाउन कर्मचारी कटौतीको नयाँ योजना अघि सारेको छ।

आम्दानी प्रभावित भएर कम्पनी सञ्चालनमा गाह्रो परेको भन्दै यस्तो निर्णय गरेको हो। अमेरिकाका प्रमुख हवाई सेवा कम्पनीहरूमध्येको उक्त एयरलाइन्सले कर्मचारीलाई सोझै हटाउनुको साटो स्वेच्छिक अवकाश योजना ल्याएको छ। कम्पनी व्यवस्थापनले मंगलबार यस्तो निर्णय सार्वजनिक गरेपछि हवाई सेवा व्यवसायको संकट अझ गहिरिएको प्रष्ट भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

'विभिन्न क्षेत्रमा कार्यरत साउथवेस्टमा कर्मचारी संख्या अत्यधिक छ। आउँदो मार्चदेखि केही विभागले कर्मचारी लक्षित अतिरिक्त अवसर ल्याउने छ,' कम्पनीले भनेको छ।  केही अघि ब्लुमबर्गले तयार पारेको विवरण अनुसार यो कम्पनीमा कार्यरत सात सय ९१ पाइलट तीन महिनासम्म हट्नका लागि राजी भएका थिए। 

डेल्टा एयरलाइन्स, अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स र साउथवेष्ट लगायत चार वटा वायुसेवा कम्पनीले कर्मचारी कटौतीका लागि अतिरिक्त योजना निकालिसकेका छन्। 

यो साता युएस ट्रेजरी डिपार्टमेन्टले धरासायी अवस्थामा रहेका वायुसेवा कम्पनीलाई १५ विलियन डलर सहयोग गर्ने भएको छ। यो सहयोगमार्फत उड्डयन क्षेत्रमा कार्यरत ३२ हजार श्रमिकलाई केही समयका लागि राहत पुग्ने जनाइएको छ। 

साउथवेस्टले भने सहयोगवापत १.७३ बिलियन डलर रकम लिने जनाएको छ। गत महिनामात्र कम्पनीले करिब सात हजार (६,८२८) कर्मचारी कटौती गर्ने पत्र जारी गरेको थियो।