सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, तोलाको ९२ हजार १ सयमा कारोबार हुँदै, चाँदी पनि ओरालो

बिजमाण्डू
२०७७ माघ १४ गते ००:०० | Jan 27, 2021
सुनको मूल्य ७ सय रुपैयाँले घट्यो, तोलाको ९२ हजार १ सयमा कारोबार हुँदै, चाँदी पनि ओरालो

Tata
GBIME
Nepal Life

काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। बुधबारका लागि सुनको बजार मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा यसको असर स्थानीय बजारमा देखिने गरेको छ। 

चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँ भएको छ। 

केही दिन देखि स्थिर हुँदै आएको मूल्य सोमबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८४६. ९३ डलर र चाँदी २५ .३५ डलरमा कारोबार भएको छ।

अन्तराष्ट्रिय बजारमा सुनको माग घट्दै गएकोले यसको मूल्यमा गिरावट आएको अन्तराष्ट्रिय संचार माध्यले जनाएका छन् ।