सनराइज बैंकले ६ महिनामा गर्‍यो ९५ करोड खुद नाफा, स्प्रेड कटौतीले ब्याज आम्दानीमा गिरावट

बिजमाण्डू
२०७७ माघ १४ गते ०९:३५ | Jan 27, 2021
सनराइज बैंकले ६ महिनामा गर्‍यो ९५ करोड खुद नाफा, स्प्रेड कटौतीले ब्याज आम्दानीमा गिरावट

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंक पनि आफ्नो नाफा स्थिर राख्न सफल भएको छ। बैंकले बुधबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ०.५३ प्रतिशतले बढेको जनाएको छ।

बैंकले पुस मसान्तसम्म ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो वर्षको ६ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो।

कुल खुद मुनाफामध्ये चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुस) मा बैंकले ५६ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ। 

बैंकले ८१ अर्बको व्यापारलाई ८६ अर्ब ९६ करोड रुपैयाँ पुर्‍याएको छ। निक्षेप पनि ९० अर्ब २२ करोडबाट ९२ अर्ब ९४ करोड पुर्‍याएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च ज्यादा हुँदा खुद ब्याज आम्दानी २ अर्ब ४ करोडबाट एक अर्ब ८१ करोडमा झरेको छ। स्प्रेड कटौतीका कारण आम्दानी घटेको हो।

बैंकले ५.१४ प्रतिशतको ब्याज स्प्रेडलाई ४.१ प्रतिशतमा झारेको छ। बैंकको आधार दर ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा आएको छ।