प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो, व्यापारमा राम्रो सुधार

बिजमाण्डू
२०७७ माघ १४ गते ०९:११ | Jan 27, 2021
प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो, व्यापारमा राम्रो सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले बुधबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा एक अर्ब ५१ करोड रुपैयाँ भएको जनाएको छ।

बैंकले चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ६६ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ।

अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यसपाली २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकले व्यापार वृद्धि पनि ९९ अर्ब ३९ करोडबाट बढाएर एक खर्ब २६ अर्ब रुपैयाँ पुर्‍याएको छ।

बैंकले निक्षेप एक खर्ब २८ अर्बबाट बढाएर एक खर्ब ६२ अर्ब पुर्‍याएको छ। यसले ब्याज खर्च केही बढे पनि व्यापार वृद्धिबाट भएको आम्दानीले खुद नाफामा सुधार देखिएको हो। 

बैंकले स्प्रेड दर ४.८३ बाट घटाएर ३.६४ प्रतिशतमा झारेको छ। यसैगरी आधार दर ९.४५ प्रतिशतबाट घटाएर ७.२४ प्रतिशतमा ल्याएको छ।