नेपाल बैंकको नाफा स्थिर, एक अर्ब ३५ करोड रुपैयाँ नाफा, खुद ब्याज आम्दानी घट्यो, ऋण सस्तो

बिजमाण्डू
२०७७ माघ १४ गते ०९:०३ | Jan 27, 2021
नेपाल बैंकको नाफा स्थिर, एक अर्ब ३५ करोड रुपैयाँ नाफा, खुद ब्याज आम्दानी घट्यो, ऋण सस्तो

Tata
GBIME
Nepal Life

काठमाडौं सरकारी स्वामित्व रहेको नेपाल बैंकले कोभिड संक्रमणले व्यापार व्यवसाय थलिँदा पनि नाफालाई स्थिर राख्न सफल देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गर्दै बैंकले नाफा ०.१ प्रतिशतले मात्र घटेको जनाएको छ। बैंकले चालु वर्षको साउनदेखि पुस मसान्तसम्म एक अर्ब ३५ करोड ४ लाख नाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा नाफा १९ लाखले बढी थियो।

बैंकले चालु वर्षको ६ महिनामध्ये पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ५५ करोड ४ लाख रुपैयाँ नाफा गरेको छ। 

बैंकले एक वर्षको अवधिमा ऋण एक खर्ब ३ अर्बबाट बढाएर एक खर्ब १६ अर्ब पुर्‍याएको छ। निक्षेप पनि एक खर्ब ४१ अर्बबाट १ खर्ब ४८ अर्ब पुर्‍याएको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९९ करोडबाट २ अर्ब ७७ करोडमा झरेको छ। खासगरी ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी घटेको हो।

यसलाई बैंकले डुबेको ऋण उठाएर पूर्ति गरेको छ। अघिल्लो वर्ष नोक्सानी ब्यवस्थापनमा ठूलो रकम खर्च गरेको बैंकले यसपाली २० करोड ११ लाख रुपैयाँ उठाएको छ। 

बैंकले स्प्रेड ४.४४ प्रतिशतबाट ४.३९ प्रतिशतमा झारेको छ। आधार दर पनि ७.८२ बाट ६.१९ प्रतिशतमा झारेको छ। बैंकमा ऋणको ब्याज अझ सस्तो हुने छ।