फाइभजी स्मार्टफोनको टप टेनमा सामसङ र हुवावेका मोडल हावी, कुन सेटको बजार कस्तो?

बिजमाण्डू
२०७७ माघ १२ गते १४:०८ | Jan 25, 2021
फाइभजी स्मार्टफोनको टप टेनमा सामसङ र हुवावेका मोडल हावी, कुन सेटको बजार कस्तो?

Tata
GBIME
Nepal Life

काठमाडौं। सन् २०२० को सेप्टेम्बरमा फाइभजी स्मार्टफोनको बजार हिस्सामा सामसङ र हुवावे हाबी भएका छन्।

सामसङ र हुवावेले बराबरी हिस्सा ओगटेका छन्। दुबै कम्पनीका तीन तीनवटा मोडल बजार हिस्सा धेरै हुने फाइभजी स्मार्टफोनमा परेको स्ट्याटिस्टाले सार्वजनिक गरेको छ। ओप्पोका दुई मोडल पनि शीर्ष १० भित्र पर्न सफल भएका छन्।

सबैभन्दा बढी सामसङ ग्यालेक्सी नोट २० अल्ट्राको बजार हिस्सा ५% रहेको स्ट्याटिस्टाले जनाएको छ।

स्ट्याटिस्टाले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार दोस्रो र तेस्रोमा चिनियाँ फोन निर्माता हुवावेको पी ४० प्रो (४.५%) र नोभा ७ (४.३%) रहेको  छ। चौथोमा सामसङकै ग्यालेक्सी एस२० प्लसको बजार हिस्सा ४% रहेको छ। 

पाँचौंमा फेरि हुवावेकै पी ४० मोडलको बजार हिस्सा ३.८% रहेको छ। छैटौंमा भिभोको वाइ ७०एस (३.६%) र सातौंमा ओप्पो रेनो ४ (३.१%) रहेको छ। आठौं स्थानमा सामसङकै ग्यालेक्सी नोट २० को २.९ प्रतिशत बजार हिस्सा रहेको स्ट्याटिस्टाले जनाएको छ।

हुवावेले केही महिना बिक्री गरेको अनर ब्राण्डको ३० एसको २.८% बजार हिस्सासहित नवौं स्थानमा छ।

यस्तै, १० औं स्थानमा ओप्पोको ए ७२ मोडलको फाइभजी स्मार्टफोनको बजार हिस्सा २.७% रहेको बताइएको छ। एप्पलको आइफोन १२ फाइभजी नेटवर्कसहितको मोडल भए पनि शीर्ष १० मा भने पर्न नसकेको स्ट्याटिस्टाले जनाएको छ।