स्मार्टफोन ‘भी४०’ ल्याउन अनर तयार, हुवावेको साथ छुट्दा बजार विस्तार मुख्य चुनौती

बिजमाण्डू
२०७७ माघ ११ गते १४:३७ | Jan 24, 2021
स्मार्टफोन ‘भी४०’ ल्याउन अनर तयार, हुवावेको साथ छुट्दा बजार विस्तार मुख्य चुनौती


काठमाडौं। हुवावेबाट छुट्टिएपछि अनरले बजारमा 'भ्यू ४०' फाइजी स्मार्टफोन ल्याउने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

आफ्नो सहायक फोन उत्पादन युनिट अनर हुवावेले १५.२ बिलियन अमेरिकी डलरमा सेन्जेन सरकार, डिजिटल चाइनासहित अन्यलाई गत कात्तिकमा बेचेको थियो। 

भी४० मा ६.७२ इन्चको ओएलइडी स्क्रिन रहेको छ। मिडियाटेक डाइमेन्सिटी १०००+ प्रोसेसर रहेको उक्त स्मार्टफोनमा प्राइमरी क्यामरा १/१.५६ इन्च ५० मेगापिक्सेल रहेको छ। आठ जीबी र्‍‌याम रहने उक्त फोन १२६ जीबी र २५६ जीबी स्टोरेज क्षमतामा उपलब्ध हुने बताइएको छ।

४००० एमएएच ब्याट्री क्षमता रहेको उक्त फोनमा वायरलेस चार्ज गर्न सकिने फिचर पनि छ। वायरलेस चार्ज ५० वाट र केबलसहित चार्ज गर्दा ६६ वाट हुनेछ। अनरले गत नोभेम्बरबाटै यो मोडलको फोन विकास गर्दै लगेको थियो। तर, हुवावेले कम्पनी नै बेचेपछि अनर आफैंले यो फोन विकासमा लगानी गर्दै आएको छ। हुवावेले अनर बिक्री गर्नअघि उसैको सप्लाइ चेन प्रयोग गर्दै आइरहेको अनरलाई आफैं बजार विस्तार गरी सुरक्षित हुनु चुनौतीपूर्ण हुने अड्कलबाजी हुन थालेको छ। 

अमेरिकाले हुवावेको उत्पादनमा लगाएको प्रतिबन्धका साथै दक्षिण कोरियाली कम्पनी एवम् हुवावेको प्रमुख प्रतिस्पर्धी सामसङले हाइ-इन्ड मोबाइल ह्यान्डसेट उत्पादनमा ध्यान केन्द्रित गरेपछि अनर बिक्री गरेको बुझिएको छ। त्यसैगरी, हुवावेले अनरको फोनको बिक्री र बजारको आपूर्तिमा अत्यधिक दबाब महसुस गरेपछि पनि अनर ब्राण्ड बेच्ने मनस्थितिमा पुगेको बताइन्छ।

गत वर्षबाट अमेरिकाले राष्ट्रिय सुरक्षामा जोखिम पर्ने भन्दै आफ्ना कम्पनीहरुलाई हुवावेसँग व्यापार व्यवसाय गर्न रोक लगाएको थियो। तर, हुवावेले अमेरिकी आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। हुवावे विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्यातकर्ता कम्पनी हो।