फिक्स्ड ब्रोडब्यान्डसँगै नेपालले सुधार्‍यो मोबाइल इन्टरनेट गुणस्तर, डिसेम्बर उत्साहजनक

बिजमाण्डू
२०७७ माघ ११ गते १२:५० | Jan 24, 2021
फिक्स्ड ब्रोडब्यान्डसँगै नेपालले सुधार्‍यो मोबाइल इन्टरनेट गुणस्तर, डिसेम्बर उत्साहजनक

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालले गत डिसेम्बरमा फिक्स्ड ब्रोडब्यान्डसँगै मोबाइल डेटाको गतिमा सुधार गरेको छ।

विश्वभरका इन्टरनेटको स्पिड र पर्फर्मेन्स बारे तथ्यांक सार्वजनिक गर्दै आएको ‍ओक्लाको गत डिसेम्बरको ग्लोबल स्पिड्सको तथ्यांकअनुसार फिक्स्ड ब्रोडब्यान्डमा नेपाल पाँच स्थान सुधार गर्दै १११ ‍औंमा उक्लिएको छ। पछिल्लो केही समययता नेपालमा इन्टरनेट प्रयोगकर्ता बढेको बढेकै छन्।
 
नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट औसत २४.०५ एमबीपीएस रहेको ओक्लाले जनाएको छ। १७६ देशहरुको फिक्स्ड ब्रोडब्यान्डको गति समीक्षा गरेको ओक्लाको प्रतिवेदनअनुसार मोबाइल इन्टरनेटको स्तरमा एक स्थान सुधार गर्दै नेपाल ११५ ‌औंमा उक्लिएको छ। गत डिसेम्बरमा नेपालको मोबाइल डेटाको औसत गति १८.२४ एमबीपीएस छ।

ओक्लाको समीक्षामा १३९ देशहरुको मोबाइल इन्टरनेटको अवस्थाको विवरण छ। फिक्स्ड ब्रोडब्यान्ड सबैभन्दा राम्रो अवस्था थाइल्यान्डको छ। दुई स्थान सुधार गर्दै थाइल्यान्ड शीर्षमा उक्लिएको छ।

सिंगापुर र हङकङलाई पछि पार्दै थाइल्यान्डले शीर्ष स्थानमा उक्लिएको हो। थाइल्यान्डमा फिक्स्ड ब्रोडब्यान्ड औसत ३०८.३५ एमबीपीएस छ। यस्तै, मोबाइल इन्टरनेट सबैभन्दा राम्रो अवस्था कतारको छ। यूएई र दक्षिण कोरियालाई पछि कतार शीर्ष स्थानमा उक्लिएको छ। कतारमा मोबाइल इन्टरनेटको औसत गति १७८.०१ एमबीपीएस रहेको रिपोर्टमा उल्लेख छ। 

ओक्लाकाअनुसार फिक्स्ड ब्रोडब्यान्डको ग्लोबल एभरेज डाउनलोड ९६.४३ एमबीपीएस, अपलोड ५२.३१ र ल्याटेन्सी २१ एमएस (मिलिसेकेन्ड) छ। मोबाइल इन्टरनेटको ग्लोबल एभरेज डाउनलोड ४७.२०, अपलोड १२.६७ र ल्याटेन्सी ३६ एमएस रहेको तथ्यांकमा छ।